क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति ट्रम्पबिच भेटवार्ता
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। कार्नी अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुगेका हुन । अन्य अमेरिकी सहयोगीहरू जस्तो क्यानडाले अझै पनि ट्रम्पको व्यापार युद्धबाट पार पाउनका लागि वासिङ्टनसँग सम्झौता गरेको छैन।
६० वर्षीय पूर्व केन्द्रीय बैङ्कर एक वर्ष भन्दा कम समय अघि राजनीतिमा प्रवेश गरेका उनी अहिले घरेलु रूपमा बढ्दो आलोचनाको सामना गरिरहेका छन् । उनले आफ्नो व्यापक सङ्कट व्यवस्थापन अनुभवको बारेमा अभियान चलाएका थिए ।
एक दिनअघि ट्रम्पले करको बारेमा छलफल हुने बताएका थिए । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ७९ वर्षीय ट्रम्पले क्यानाडालाई ५१ औँ राज्य बनाउने धारणा राखेका थिए ।







