राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज, चुनाव तयारी र विपद् व्यवस्थापनमा छलफल
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आज केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा चार प्रमुख एजेण्डा समावेश छन्, जसमा बिस्तारित बैठकको एजेण्डा र व्यवस्था तय गर्ने प्रमुख विषय हुनेछ।
बैठकमा आगामी चुनावको तयारी, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र सद्भाव यात्रासँग सम्बन्धित अन्य विषयहरूमा छलफल हुने बताइएको छ । प्रवक्ता झाले भने, "हामी चुनावको तयारीमा गम्भीर छौं र वाचा पत्र लेखन समितिको काम पनि अघि बढिरहेको छ।"
साथै, ७ असोजमा आयोजित रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय लिएको थियो। बैठकको अवसरमा आगामी २१ फागुनको चुनावको तयारीलाई ध्यानमा राखेर वाचा पत्र लेखन समिति बनाइएको छ, जसको नेतृत्व उपसभापति डा. स्वर्णिम वाग्लेले गर्दैछन्।













