कांग्रेसले दियो प्रधानमन्त्रीलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसले दियो  प्रधानमन्त्रीलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको कार्यशैलीप्रति आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि अंकुश लगाउन खोजिएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्न खोजिएको दाबी गरे। उनले प्रधानमन्त्रीलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा दिँदै संविधान र कानुनको दायराभन्दा माथि राख्न खोजिएको आरोप लगाए।

राईले सरकारले नागरिकको बोल्ने, हेर्ने र सुन्ने स्वतन्त्रतामाथि सीमितता लगाउन खोजेको टिप्पणी गरे। उनले राज्यले आलोचनात्मक आवाजलाई स्वीकार गर्नुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकार सुरक्षित हुनुपर्ने बताए।

उनले सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोप लगाउँदै नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने धारणा राखे। यसअघि राईको ‘श्री ८’ सम्बोधनप्रति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवजी यादवले नियमापत्ति जनाउँदै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।