साइबर ब्यूरोले महेश बस्नेतसंग लियो बयान

User Image Prime TV News ११ महिना अगाडि
Image of साइबर ब्यूरोले महेश बस्नेतसंग लियो बयान

काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बयान लिएको छ । आज बिहान उनी साइबर ब्यूरो भोटाहिटी पुगेका थिए र करिब सवा घण्टा बयान दिएका छन्।

साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, बयान लिएर बस्नेतलाई फिर्ता पठाइएको छ र अब अनुसन्धान प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाउन साइबर ब्यूरोलाई पत्र पठाएको थियो।

उक्त पत्र एक महिलाले दिएको जाहेरीका आधारमा जारी गरिएको थियो प्रहरीले अनुसन्धान प्रक्रियालाई थप अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ।