पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्पत्ति विवरण आयोगमा बुझाए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्ति छानबिन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेअनुसार डा. भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आवश्यक विवरण पेस गरेको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उनले आयोगसमक्ष सम्पत्ति विवरण बुझाएका हुन्।
यसअघि सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिनसम्बन्धी कामकारबाहीमा अन्तरिम आदेश जारी गरे पनि डा. भट्टराईले आयोगमा स्वेच्छाले आफ्नो विवरण पेस गरेका हुन्।







