बिहीबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of बिहीबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७०८ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।