प्रधानमन्त्री शाह र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रधानमन्त्री शाह र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र समसामयिक आर्थिक विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ । 

भेटमा वित्तीय क्षेत्रको स्थायित्व, बैंकिङ प्रणालीको सुदृढीकरण तथा शेयर बजारको अवस्थालगायत विषयमा छलफल भएको जनाइएको छ।