पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख रुपैयाँ बिगो दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
अभियोगपत्रमा पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्यको शेयर न्यून मूल्यमा भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन सहजीकरण गरेको आरोप लगाइएको छ।
उक्त कार्यबाट प्राप्त लाभलाई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुर भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सरकारी पक्षले जनाएको छ।







