निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता थप बढेको : एमाले महासचिव पोखरेल

User Image Prime TV News ११ महिना अगाडि
Image of निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता थप बढेको : एमाले महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता झन् बढेको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मुलुक नयाँ चुनौतीहरूमाझ उभिएको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्नुको विकल्प नरहेको स्पष्ट पारे।

पोखरेलले लेखेका छन्, "निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। राष्ट्रसामु नयाँ चुनौतीहरू थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।"

एमालेले पछिल्लो समय दुई दलीय शासन प्रणालीको वकालत गर्दै आएको छ। महासचिव पोखरेल स्वयं विभिन्न सार्वजनिक कार्यक्रममा "दुई दलीय प्रणाली एमालेको अबको बाटो" भन्ने अभिव्यक्ति दिँदै आएका छन्। २०७८ साल फागुनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुदलीय प्रणालीले राजनीतिक अस्थिरता जन्माएको भन्दै नेपाललाई लोकतान्त्रिक दुई दलीय प्रणालीतर्फ लैजानुपर्ने बताए।

महासचिव पोखरेलले २०७९ को आम निर्वाचनमा पनि दुई दलीय प्रणालीको एजेन्डा उठाएका थिए। हालैको जेनजी आन्दोलनपछिको राजनीतिक तापक्रमबीच पोखरेलले निर्णायक शक्ति निर्माणको विषय पुनः जोड दिएका हुन्।