सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच निर्णायक वार्ता, लिखित सम्झौताको तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
वार्ता सफल भएपछि दुवै पक्षले लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, हिजो भएको सघन छलफलमा भएका सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौता गर्ने तयारी गरिएको हो।







