नयाँ पुस्तासँग हातेमालो गर्न एमाले तयार : महासचिव पोखरेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी वर्तमान चुनौतीहरूको सामना गर्दै नयाँ पुस्तासँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले समयको परिवर्तनसँगै एमाले पनि आफूलाई निरन्तर परिमार्जन गर्दै अघि बढ्ने क्षमता भएको पार्टी रहेको दाबी गरे। “हाम्रो पार्टी आजका चुनौतीहरूको सामना गर्न नयाँ पुस्तासँग हातेमालो गर्न तयार छ,” पोखरेलले भने।
उनले प्रविधि र समयको बदलिँदो आवश्यकताअनुसार पार्टीलाई आधुनिक र प्रभावकारी बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै एमाले परिवर्तनसँगै आफूलाई रूपान्तरण गर्न सक्ने राजनीतिक शक्ति भएको बताए।







