दसैँपछि विदेशी सेना नेपाल आउने प्रसाईँको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले दसैँको समयमा नेपालमा विदेशी सेना आउने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै प्रसाईले विदेशी सेनाको आगमन र दलाई लामासँग जोडेर धारणा राखेका हुन्। उनले त्यसपछि नेपालको परिस्थिति फरक हुन सक्ने दाबी गरे।
प्रसाईले सहकारी तथा लघुवित्तको ऋण समस्याबाट पीडित नागरिकको पक्षमा आफूले अभियान सञ्चालन गरिरहेको बताए। उनले ऋणको दबाबका कारण सर्वसाधारण गम्भीर समस्यामा परेको उल्लेख गर्दै राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरे।
उनले सहकारी र लघुवित्त पीडितको समस्या समाधानका लागि सरकार संवेदनशील हुनुपर्ने बताए। जनताको पक्षमा आवाज उठाउँदा आफूलाई पटक–पटक पक्राउ गरिएको उनको भनाइ थियो।







