डा. पाण्डेको निधनप्रति प्रचण्डको दुःख व्यक्त, योगदान सदैव स्मरणीय रहने उल्लेख
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
शोक सन्देश जारी गर्दै प्रचण्डले नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा डा. पाण्डेले पुर्याएको योगदान नेपाली इतिहासमा सधैं सम्मानपूर्वक स्मरणीय रहने बताएका छन्।
उनले डा. पाण्डेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन्।







