सप्तरीको राजविराज कारागारमा विवाद हुदाँ पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास

User Image Prime TV News एक महिना अगाडि
Image of सप्तरीको राजविराज कारागारमा विवाद हुदाँ पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास

सप्तरी । सप्तरीको राजविराज कारागारमा विवाद हुदाँ पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।

कारागारका रुपक मण्डलका अनुसार दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए ।

आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनको दाबी छ । विवाद समाधानको प्रयास भै रहेपनि कुन विषयमा किन विवाद भएको उनले खुलेको छैन । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारलाई समान्य कुटपिट गर्दा विवाद भएको जानकारी दिए । कैदीलाई समझाईबुझाई गर्दा अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताए ।

सबैसँग सम्मान व्यवहार हुनुपर्ने कैदीबन्दीको माग रहेको उनले बताए । प्रहरीभित्र जान खोज्दा आत्मदाहको प्रयास गरेको उनको भनाइ छ ।