फेसबुकको ब्राउजर भर्सनमा समस्या, प्रयोगकर्ताले पाए ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ सन्देश

User Image Prime TV News २ दिन अगाडि
Image of फेसबुकको ब्राउजर भर्सनमा समस्या, प्रयोगकर्ताले पाए ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ सन्देश

काठमाडौ । सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सन आइतबार अपराह्न केही समयका लागि डाउन भएको छ।

साइटमा समस्या आएको भन्दै धेरै प्रयोगकर्ताले फेसबुक प्रयोग गर्न नसकेको बताएका छन्। फेसबुक खोल्ने प्रयास गर्दा प्रयोगकर्तालाई ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको थियो। फेसबुकले समस्या समाधानका लागि काम भइरहेको जनाउँदै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरेको थियो।

फेसबुकको समस्या अनुगमन गर्ने वेबसाइट डाउनडिटेक्टरमा पनि आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुक डाउन भएको रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या अचानक बढेको देखिएको छ। अहिलेसम्म फेसबुकले समस्याको कारणबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

तर केही समयपछि सेवा सामान्यतर्फ फर्किएको प्रयोगकर्ताहरूले बताएका छन्।