रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रुकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।







