विश्वकप फाइनलपछि तनाव, स्पेनसँग पराजित अर्जेन्टिनाका खेलाडी हातपातमा उत्रिए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी मैदानमै हातपातमा उत्रिएका छन्।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान खेल सकिएलगत्तै दुवै टोलीका खेलाडीबीच तनाव सिर्जना भएको हो।
प्रत्यक्षदर्शीका अनुसार अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले जितको खुसी मनाउँदै दौडिरहेका एक स्पेनिस खेलाडीलाई पेटमा मुक्का प्रहार गरेका थिए। त्यसपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
यसक्रममा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटी समातेका थिए। उनले अर्का स्पेनिस मिडफिल्डर गाभीलाई पनि भुइँमा लडाएर लात प्रहार गरेको बताइएको छ।
सहकर्मी खेलाडी तथा अफिसियलहरूले तत्काल हस्तक्षेप गरेपछि अवस्था नियन्त्रणमा आएको थियो। घटनाबारे फिफाले अनुसन्धान गर्ने र संलग्न खेलाडीमाथि अनुशासनात्मक कारबाही हुन सक्ने अनुमान गरिएको छ।







