कांग्रेस–माओवादीको समिकरण जिवन्त : प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस–माओवादीको समिकरण जिवन्त : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि कांग्रेस–माओवादीको समिकरण जिवन्त रहेको महशुस गरेको बताएका छन् । 

आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरणका साथै पुस्तक बिमोचन गर्दै प्रचण्डले बुटवल उपमहानगरपालीकाले धेरै सहयोग गरेको देखिएकाले अहिले पनि कांग्रेस–माओवादीको समिकरण जिवन्त रहेको महशुस गरेको बताएका हुन् । 

उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे सशस्त्र युद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको उल्लेख गर्दै टंकमणि साहसी योद्धा भएको उल्लेख गरे ।