मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको निरीक्षण गर्दै मन्त्री पुन

User Image Prime TV News ११ महिना अगाडि
Image of मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको निरीक्षण गर्दै मन्त्री पुन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बुधबार सानोठिमी पुगेर मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको निरीक्षण गरेका छन्।

मन्त्री पुनले सानोठीमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कर्मचारीसँग भेटघाट गर्दै शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको बारेमा जानकारी लिएका छन्। केन्द्रका कर्मचारीहरूले मन्त्री पुनलाई विद्यालय सञ्चालन, शिक्षक प्रशिक्षण, तथा विद्यार्थीहरूको प्रगतिको अवस्थाबारे विस्तृत ब्रिफिङ दिएका थिए।

मन्त्री पुनले निकायको काम प्रभावकारी बनाउन आवश्यक सुधार तथा स्रोत व्यवस्थापनमा जोड दिने प्रतिबद्धता जनाएका छन्। यसअघि मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पनि निरीक्षण गरेका थिए। उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि थप पहल गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री पुनको यो निरीक्षणले शिक्षा र विज्ञान क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।