विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुन स्थानीय तहका कर्मचारीलाई परिपत्र

User Image Prime TV News १९ घण्टा अगाडि
Image of विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थित हुन स्थानीय तहका कर्मचारीलाई परिपत्र

काठमाडौ । संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्रमा अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढिरहेका बेला उद्धार, राहत, समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

मन्त्रालयले विपद्को संवेदनशील अवधिभर कार्यालय नछाड्न, नियमित रूपमा उपस्थित रही आवश्यक समन्वय र निर्णय प्रक्रियामा सक्रिय रहन कर्मचारीलाई निर्देशन दिएको छ। बिदामा रहेका कर्मचारीलाई पनि बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्कन भनिएको छ।

परिपत्रमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग विपद्सम्बन्धी सूचना, उद्धार, राहत, क्षतिको विवरण र आवश्यक समन्वयमा निरन्तर सम्पर्क कायम राख्न पनि आग्रह गरिएको छ।

यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्था गरेपछि मात्र कार्यालय छाड्नुपर्ने व्यवस्था गरिएको छ।