बौद्धमा महिलाद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्था
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंको बौद्धमा एक महिलाले आत्मदाह प्रयास गर्दा उनी गम्भीर घाइते भएकी छन्।
काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुकी करिब पौने ४ बजे बौद्ध गेटअगाडि आत्मदाह प्रयास गरेकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ।
प्रारम्भिक उपचारका लागि गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिए पनि अवस्था गम्भीर भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार गुरुङ बौद्धमै खाजाघर सञ्चालन गर्दै आएकी थिइन्। आत्मदाह प्रयासको कारण भने हालसम्म खुल्न सकेको छैन र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।







