श्रम मन्त्री यादवद्वारा वैदेशिक रोजगार विभागको अनुगमन, पीडितका गुनासा सुने

User Image Prime TV News १४ घण्टा अगाडि
Image of श्रम मन्त्री यादवद्वारा वैदेशिक रोजगार विभागको अनुगमन, पीडितका गुनासा सुने

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन्।

उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभाग पुगेर सेवा प्रवाह र कामकारबाहीबारे जानकारी लिएका हुन्। विभागकी महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको समग्र कामकारबाही, सेवा प्रवाह र वर्तमान अवस्थाबारे जानकारी गराएकी थिइन्।

अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीसँग विभागको कार्यसम्पादनबारे जानकारी लिनुका साथै वैदेशिक रोजगारसँग सम्बन्धित पीडितका गुनासा र समस्या पनि सुने। त्यसक्रममा पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहे पनि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले पक्राउ नगरेको गुनासो गरेका थिए।

गुनासो सुनेपछि मन्त्री यादवले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई तत्काल पक्राउ गरी विभागमा उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीसँग समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।