कीर्तिपुरमा कारमा आगलागी, एक जनाको जलेर मृत्यु

User Image Prime TV News ८ घण्टा अगाडि
Image of कीर्तिपुरमा कारमा आगलागी, एक जनाको जलेर मृत्यु

काठमाडौ । काठमाडौंको कीर्तिपुरमा रोकिराखिएको एक कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

मंगलबार बिहान करिब ११:३० बजे कीर्तिपुर नगरपालिका–१ मा रोकिएको बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार आगलागी भएको समयमा कारभित्र एक जना व्यक्ति रहेका थिए। आगलागीपछि ती व्यक्तिको घटनास्थलमै जलेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले आगो नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।