माओवादी केन्द्र चुनावी तयारीमा सक्रिय, मतदाता नामावली अद्यावधिक अभियानमा जुट्ने

User Image Prime TV News ११ महिना अगाडि
Image of माओवादी केन्द्र चुनावी तयारीमा सक्रिय, मतदाता नामावली अद्यावधिक अभियानमा जुट्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक अभियानलाई सशक्त रूपमा अगाडि बढाउने घोषणा गरेको छ।

पार्टीले आफ्ना सबै तहका संगठन र कार्यकर्तालाई निर्वाचन आयोगसँग समन्वय गरी मतदाता सूची अद्यावधिकमा सक्रिय सहभागी बन्न विशेष निर्देशन जारी गरेको छ।

महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालप्रचण्डले जारी गरेको विज्ञप्तीमा १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम आगामी कार्तिक ३० गतेभित्र अनिवार्य रूपमा मतदाता सूचीमा समावेश गराउन आग्रह गरिएको छ।

विवाह, बसाइँ सराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नु परेमा समयमै प्रक्रिया पूरा गर्न र व्यक्तिगत विवरणमा देखिएका त्रुटिहरू सच्याउन पनि निर्देशन दिइएको छ।