भोली कांग्रेसको पदाधिकारी बैठक
Prime TV News ११ महिना अगाडि 
काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन्। सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
आसन्न असोज २६ गते हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो।
तर बैठक कहाँ बस्ने भन्ने स्थान भने गोप्य राखिएको छ। बिहीबारको बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष अधिवेशन गर्ने भन्ने विषय मुख्य एजेन्डा रहने बताइएको छ।
यो निर्णयले आगामी महाधिवेशनको स्वरूप मात्र होइन, पार्टी नेतृत्व र रणनीतिमा पनि निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।







