राजनीतिमा बढ्दो विकृतिले नागरिकमा असन्तुष्टि बढेको छ : गगन थापा

User Image Prime TV News ४ घण्टा अगाडि
Image of राजनीतिमा बढ्दो विकृतिले नागरिकमा असन्तुष्टि बढेको छ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा मौलाएको विकृतिका कारण नागरिकमा व्यापक असन्तुष्टि बढ्दै गएको बताएका छन्।

मंगलबार काठमाडौंमा गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले राजनीतिमा देखिएको विकृति समयमै सम्बोधन गर्न नसके गम्भीर अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए।

“राजनीतिमा चरम विकृति छ र यही विकृतिका कारण नागरिकमा व्यापक असन्तुष्टि बढिरहेको छ। यसलाई समयमै सम्बोधन गरिएन भने विस्फोट हुन सक्छ,” उनले भने।  थापाले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई सुधार्ने जिम्मेवारी नेपाली कांग्रेसको पनि रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

उनले लेखक गुरुराज घिमिरेले लामो समयदेखि राजनीतिमा मौलाउँदै गएको विकृति र सुधारको आवश्यकताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यस्ता बहसले राजनीतिक प्रणालीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।