‘गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ : गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of ‘गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वमा संयम र दूरदृष्टिको आवश्यकता रहेको बताएका छन्।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा उनले, “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने,” भन्दै सरकार र प्रतिपक्ष दुवैको भूमिकामाथि कटाक्ष गरे।

थापाले जननायक बीपी कोइरालाले देखाएको मार्गमा दृढ संकल्पका साथ अविचलित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसले बीपीका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए।

उनले जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको जानकारी दिँदै त्यसबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।