बैंक कसुर मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो। शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा फरार सूचीमा रहेका थिए। सीआईबीका अनुसार उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाअघि बढाइएको छ।
सीआईबी प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्वेदीले अग्रवाललाई अदालतमा बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्। प्रहरीले बैंकिङ कसुरसम्बन्धी अनुसन्धान र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।







