त्रिविको वार्षिक दिवसमा शिक्षामन्त्री विरुद्ध प्रदर्शन, पाँच जना पक्राउ

User Image Prime TV News एक घण्टा अगाडि
Image of त्रिविको वार्षिक दिवसमा शिक्षामन्त्री विरुद्ध प्रदर्शन, पाँच जना पक्राउ

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गरिएको छ।

कार्यक्रमस्थल बाहिर प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिक्षामन्त्री समारोहमा सहभागी हुन पुगेका बेला युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले विश्वविद्यालयमा योग्यता र प्रतिस्पर्धामा आधारित नियुक्ति प्रणाली (मेरिटोक्रेसी) लागू गर्न, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने वर्तमान व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए।

उनीहरूले आफ्ना मागसहितका प्लेकार्ड प्रदर्शन गर्दै उच्च शिक्षामा राजनीतिक प्रभाव हटाई स्वायत्त र योग्यतामा आधारित प्रणाली लागू गर्नुपर्ने बताएका थिए।