गगन थापालाई पार्टी सभापति र देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य लिएका छौ : विश्वप्रकाश शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापालाई पार्टी सभापति र देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य लिएका छौ : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल आलोचना गरेर कुनै पनि राजनीतिक गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

४४औँ बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीभित्र हुने आलोचनाप्रति संकेत गर्दै त्यसमा अल्झिनुभन्दा बीपी कोइरालाको विचार र राजनीतिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

“कसैले कतै भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुङ्गा हानेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ,” उनले भने, “मनाउनु छ बीपी कोइरालाको पुण्यतिथि, त्यसैले बीपीकै विचार र संस्कारको चर्चा गरौँ।”

शर्माले २१औँ शताब्दीका युवाको भावना र आकांक्षासँग बीपीको विचारलाई जोडेर देशको समुन्नतिको नयाँ मार्ग तय गर्नुपर्ने बताए। उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै क्रान्तिलाई केवल बलिदानभन्दा पनि विचार र शिक्षाको आवश्यकता पर्ने उल्लेख गरे।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टी सभापति र देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यका साथ अघि बढेको पनि उनले बताए। उनका अनुसार कांग्रेसले नयाँ पुस्ताको नेतृत्वमार्फत आगामी दशकमा देशको रूपान्तरण गर्ने संकल्पका साथ राजनीतिक यात्रा अघि बढाइरहेको छ।