कांग्रेस पदाधिकारी बैठक बस्दै

User Image Prime TV News ११ महिना अगाडि
Image of कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज शीर्ष नेताहरूको विशेष बैठक बोलाएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार, आजको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी हुनेछन्। बैठकमा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने विषयहरूबारे विस्तृत छलफल हुनेछ।

बैठकमा पार्टीको नियमित महाधिवेशन आयोजना, आगामी निर्वाचनका तयारी, र संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ। आजको छलफलबाट तयार पारिएका प्रस्तावहरू सो बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिने जनाइएको छ।