तारकेश्वरमा कारभित्र महिलाको जलेको शव फेला, घटनाबारे अनुसन्धान जारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल हुन्। शनिबार दिउँसो कारको पछाडिको सिटमा उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ भने घटनाको कारण खुल्न बाँकी रहेको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ।







