रसुवामा परीक्षण नम्बरको ईभी भ्यान त्रिशूली नदीमा खस्यो, चालक बेपत्ता
Prime TV News १ हप्ता अगाडि 
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुल नजिक पासाङल्हामु सडकखण्डमा शनिबार साँझ परीक्षण नम्बर (अनटेस्ट) को विद्युतीय भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
दुर्घटनामा चालक बेपत्ता भएका छन्। प्रहरीका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान साँझ करिब ५:४५ बजे सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।
तीव्र बहावका कारण भ्यान नदीमा बगेर बेपत्ता भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा परेका चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। भ्यानमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषय पनि यकिन हुन सकेको छैन।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली खोज तथा उद्धारमा खटिएको छ। बेपत्ता चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।







