पर्सामा १४० किलो गाँजा बरामद

User Image Prime TV News १ हप्ता अगाडि
Image of पर्सामा १४० किलो गाँजा बरामद

पर्सा । पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैंचाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

शनिबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) को संयुक्त टोलीले बगैंचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजा लुकाउने तथा त्यसमा संलग्न व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।