सुन–चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ

User Image Prime TV News ६ दिन अगाडि
Image of सुन–चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८७ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस दिन सुनको मूल्य एकै दिन ५ हजार ८ सय रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आइतबार सुन प्रतिऔंस ४ हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।