नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन शिलालेख हरायो

User Image Prime TV News ६ दिन अगाडि
Image of नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन शिलालेख हरायो

काठमाडौ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा राखेको शिलालेख हराएको छ।

२०७६ साल कात्तिक ४ गते उद्घाटन गरिएको सुरुङमार्गको उक्त शिलालेख नभेटिएको र खोजी भइरहेको आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिएका छन्। “सामाजिक सञ्जालमा शिलालेख हटाइएको भन्ने कुरा आइरहेको छ, तर हटाइएको होइन,” आयोजना प्रमुख नेपालले बताए। उनका अनुसार निर्माण कार्यका क्रममा शिलालेख कतै हराएको हुन सक्ने अनुमान गरिएको छ।

उनले शिलालेख खोज्ने काम भइरहेको र अहिलेसम्म त्यसलाई हटाइएको पुष्टि नभएको बताए। यसैबीच, नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन सोमबार हुँदैछ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणर नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ।

सुरुङको मुख्य लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित कुल सुरुङ संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।