लघुवित्त पीडित किसान–मजदुरद्वारा काठमाडौंमा ‘राजधानी मार्च’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त तथा वित्तीय शोषणपीडित किसान–मजदुरले राजधानीमा ‘राजधानी मार्च’ गरेका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आयोजनामा भएको मार्च बल्खुबाट सुरु भएको हो। प्रदर्शनकारीहरू विभिन्न सडक हुँदै भद्रकालीतर्फ अघि बढेका छन्। आयोजकका अनुसार भद्रकालीमा पुगेर मार्च समापन गरिनेछ।
त्यसपछि कोणसभा आयोजना गरी आफ्ना माग र समस्याबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित किसान–मजदुरले लामो समयदेखि वित्तीय शोषण अन्त्य, ऋण व्यवस्थापन तथा न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन्।






