सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु

धनगढी । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

वार्ता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको हो। सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल वार्तामा सहभागी छन्।

यस्तै, डा. केसीका तर्फबाट डा. पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी भएका छन्। डा. केसीले आफ्ना विभिन्न माग पूरा गर्न दबाब दिँदै जारी राखेको सत्याग्रहका बीच दुवै पक्षबीच समाधान खोज्ने उद्देश्यले वार्ता सुरु भएको हो। वार्ताको निष्कर्ष भने आउन बाँकी छ।