Ad Image

काठमाडौंसहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंसहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका २२ जिल्ला र आसपासका क्षेत्रमा सोमबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्रमा बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

महाशाखाले ती क्षेत्रका नदी तटीय बस्ती तथा खोलानालाको आसपास बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।