एक सातादेखि निरन्तर उकालोमा सुन, सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of एक सातादेखि निरन्तर उकालोमा सुन, सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो एक सातायता सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। गत सोमबार प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य सात दिनमै ३ हजार ९ सय रुपैयाँले बढेको हो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।