कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति पौडेल, समसामयिक राजनीतिबारे छलफल

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति पौडेल, समसामयिक राजनीतिबारे छलफल

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

सोमबार बिहान शीतलनिवासमा भएको भेटवार्तामा आङ्देम्बे र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक अवस्था तथा संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ। भेट करिब एक घण्टा चलेको थियो।

भेटका क्रममा आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै संसद्लाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

उनले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन संसद्को भूमिका महत्वपूर्ण हुने बताएका थिए। यस्तै, प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए।