Ad Image

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ आज

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ आज

काठमाडौ । संसदीय सुनुवाइ समितिको बैठक आज बजे बस्दैछ।

बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा दुई जना निर्वाचन आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

यसअघि साउन ५ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई आयुक्तलाई साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तलाई साउन १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो।

समिति सभापति वोधनारायण श्रेष्ठका अनुसार सुनुवाइ प्रक्रिया सुरु हुनुअघि प्रस्तावित पदाधिकारीहरूमाथि परेका उजुरी, पेस गरिएका कागजात तथा उनीहरूको कार्ययोजनाको अध्ययन गरिनेछ। यससम्बन्धी आवश्यक दस्तावेज समिति सदस्यहरूलाई इमेलमार्फत उपलब्ध गराइसकिएको उनले जानकारी दिए।

संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेको छ।