Ad Image

ट्रम्पको दाबी: अमेरिका र इरानबीच सौहार्दपूर्ण वार्ता, आणविक हतियार बनाउन नदिने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of ट्रम्पको दाबी: अमेरिका र इरानबीच सौहार्दपूर्ण वार्ता, आणविक हतियार बनाउन नदिने प्रतिबद्धता

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सकारात्मक र सौहार्दपूर्ण संवाद भइरहेको बताएका छन् ।

उनले वार्ता अनावश्यक रूपमा लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिएका छन्। ट्रम्पले इरानलाई आर्थिक सहायता वा पैसाको माध्यमबाट प्रभावित गर्न नसकिने टिप्पणी गर्दै, त्यसका लागि कडा रणनीति आवश्यक पर्ने बताए।

'इरानलाई पैसा दिएर फकाउन सकिँदैन, उनीहरूलाई हराउनुपर्छ,' उनले भने।

उनका अनुसार इरानले हाल अमेरिकासँग नाकाबन्दी हटाइदिन आग्रह गरिरहेको छ। साथै, अमेरिकाले इरानी नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीमा ठूलो क्षति पुर्‍याएको दाबी पनि उनले गरे।

ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको ठूलो हिस्सा ध्वस्त पारिएको दाबी गर्दै अमेरिका इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो नीति प्रति दृढ रहेको बताए।

यद्यपि ट्रम्पका यी दाबीबारे इरानको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।