१३ निर्माण कम्पनी कालोसूचीमा, खरिद प्रक्रियामा सहभागी हुन नपाउने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा राखिएको जनाएको हो।
सूचनाअनुसार जिम्मा लिएको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नगरेका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार कम्पनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो।
कालोसूचीमा परेका निर्माण कम्पनीलाई एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।









