सुन तथा चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घट्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ।
महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आज ४ हजार ३०० ले घटेको हो।
यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ कायम गरिएको छ। यता, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रहेको चाँदी आज ४ हजार ३१० मा कारोबार भइरहेको छ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १३५ ले घटेको हो। १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ तोकिएको महासंघले जनाएको छ।







