नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध
Prime TV News एक महिना अगाडि 
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको छ।
सडक खुलाउन कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधनलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।








