Ad Image

चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेकका सेवा बन्द

User Image Prime TV News एक महिना अगाडि
Image of चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ।

संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधस्वरूप उक्त निर्णय लागू गरेको जनाएको छ।

संघका अनुसार घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै आज आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने हिंसा र असुरक्षाको अन्त्य गर्दै सुरक्षित वातावरणमा सेवा प्रवाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।