लघुवित्त पीडित समूहद्वारा माइतीघरमा आमरण अनशन सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ।
यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरी आन्दोलन स्थगित गरेको थियो। तर, अर्को समूहले पीडितले अझै न्याय नपाएको भन्दै आजदेखि आमरण अनशन सुरु गरेको हो।
संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू लघुवित्त संस्थाको चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन्।
सरकारसँग भएका सहमतिहरू समेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिले जनाएको छ। संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिएको छ।







