सुनसरी घटनामा सामाजिक सद्भाव कायम गर्न नेकपाको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सरकारलाई आग्रह गरेको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ गर्न, जनविश्वास कायम राख्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरिएको छ। घटनामा एक जनाको मृत्यु भएको र १२ जना घाइते भएको नेकपाले जनाएको छ। नेकपाले बत्ती नभएको रातिको समयमा प्रहरीले गोली प्रहार गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
नेकपाले शान्ति, सहअस्तित्व र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको जिम्मेवारी भएको भन्दै संयम अपनाउनसमेत आग्रह गरेको छ।







