सभामुख र दलका प्रमुख सचेतकबीच छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले संसदामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।
सभामुख अर्यालको आह्वानमा भएको छलफलमा प्रतिनिधि सभाको आगामी कार्यसूची, संसद्को प्रभावकारी सञ्चालन, विधेयकहरूलाई अघि बढाउने विषय तथा समसामयिक संसदीय गतिविधिबारे छलफल भएको बताइएको छ।
छलफलमा संसद्को कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ। प्रतिनिधि सभाको आगामी बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ।







